काठमाडौं, बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तिय विवरण अनुसार बैंकले चालु आवको ६ महिनामा ७१ करोड ९३ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । गत वर्षको यही अवधिसम्म बैंकले ७० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा बैंकले खुद नाफा १.५२ प्रतिशतले वृद्धि भएको हो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ४५ लाख रुपैयाँ रहेको छ।
बैंकको सञ्चालन मुनाफा ९.२१ प्रतिशतले घटेर ९३ करोड ३२ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब २ करोड रुपैयाँ थियो।
समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी बढेर १ अर्ब ६९ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १ अर्ब ५५ करोड रुपैयाँमा सीमित थियो।
बैंकले यो अवधिसम्म १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म पनि बैंकले १ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ८० करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
समीक्षा अवधिमा बैंकले खराब कर्जा दर घटेर ०.८२ प्रतिशतमा सीमित बनाउन सफल भएको छ।
बैंकको प्रतिशेयर आम्दानी घटेर १३.५४ रुपैयाँमा झरेको छ। गत वर्ष यही अवधिमा ईपीएस १४.५७ रुपैयाँ रहेको थियो।
पीई रेसियो २२.१६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १५०.५० रुपैयाँ र तरलता अनुपात २१.६२ प्रतिशत रहेको छ।
प्रतिक्रिया