नेपाल इन्भेष्टमेन्ट बैंक नाफा बढ्दा घट्यो प्रतिसेयर आम्दानी, वितरण योग्य मुनाफा कति ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा एक अर्ब ६२ करोड ४३ लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरणले यस्तो देखाएको हो । उक्त विवरण अनुसार उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.३८ प्रतिशतले बढि हो । 

गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ५८ करोड ६६ लाख ९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी भने १९.३० प्रतिशतले घटेर २ अर्ब ४० करोड ६९ लाख २७ हजार रूपैयाँ पुगेको छ । 

गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी २ अर्ब ९८ करोड २४ लाख २९ हजार रूपैयाँ रहेको थियो । दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा ३.२७ प्रतिशतले बढेर २ अर्ब ४० करोड ७४ लाख ३० हजार रूपैयाँ पुगेको छ । 

गत वर्ष बैंकले २ अर्ब ३३ करोड १३ लाख १० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २५ करोड ५७ लाख ५४ हजार रुपैयाँ रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी ९ ईपीएस०  १ रुपैयाँ ९७ पैसाले घटेर १७ रुपैयाँ ७४ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ३८ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया