सानिमा बैंकको निक्षेप र कर्जा घट्दा बढ्यो नाफा, कति ?

४ बर्ष अगाडि

काठमाडौं - सानिमा बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सावर्जनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा घटेका कारण बैंकको नाफामा दबाब पुगेको हो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.३४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.६९ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने ०.३४ प्रतिशत घटेको छ । 

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ११ करोड ७६ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड ३ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा सञ्चालन मुनाफा घट्न पुगेको हो । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ५७ करोड ८२ लाख रुपैयाँ रहेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस भने घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २२ रुपैयाँ २ पैसाबाट घटेर १९ रुपैयाँ २ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.१९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ २ पैसा रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १७ प्रतिशत बढेको छ भने जगेडा कोष १३।५१ प्रतिशत घटेको छ । सो अवधिमा बैंकको निक्षेप १२.५४ प्रतिशत घटेको छ भने कर्जा १४.१३ प्रतिशत बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया