ग्लोबल आइएमई बैंक वित्तीय विवरण सार्वजनिक, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

४ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । 

विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उक्त नाफा १५.०४ प्रतिशत बढी हो । खुद फि तथा कमिशन आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.४९ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १३.६९ प्रतिशत बढेको छ । 

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने १३.५७ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २९ करोड ७८ लाख रुपैयाँ रहेको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० करोड ४० लाख रुपैयाँ झरेको छ । जसले गर्दा सञ्चालन मुनाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१ रुपैयाँ ४० पैसाबाट बढेर २२ रुपैयाँ ३९ पैसा पुगेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४।५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ९७ पैसा रहेको छ ।

सो अवधिमा बैंकको निक्षेप १.२९ प्रतिशत बढेको छ भने कर्जा १२.१५ प्रतिशत बढेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया