काठमाडौं - एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।
बैंकले पुस मसान्तसम्ममा २ अर्ब ४० करोड खुद नाफा आर्जन गरेको छ । जुन वार्षिक विन्दुगत आधारमा १६।५७ प्रतिशतको वृद्धि हो । यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल २१.७७ प्रतिशत रहेको छ । जुन २७ वटै बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।
बैंकले आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कर्जा १७ प्रतिशतले वृद्धि गरी कुल कर्जा रकम २ खर्ब ७३ अर्ब ४६ करोड पु¥याएको छ । साथै, निक्षेप ८ प्रतिशतले वृद्धि गरी कुल निक्षेप संकलन २ खर्ब ९९ अर्ब ३४ करोड पु¥याएको छ ।
बैंकले वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ४३ पैसा छ । निष्कृय कर्जा ०।४७ प्रतिशत मात्र छ । बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको जनाएको छ ।
प्रतिक्रिया