कर्पोरेट डेभलपमेण्ट बैंकको ३० लाख कित्ता हकप्रद शेयरमा आजबाट आवेदन दिन सकिने

४ बर्ष अगाडि

काठमाडौं - कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रदय शेयरमा आजबाट आवेदन दिन सकिने भएको छ । बैंकले आजबाट १ः१।५ अनुपातमा १ सय रुपैयाँ अंकित दरले निष्कासन गरेको ३० लाख कित्ता हकप्रद शेयरमा आवेदन दिन सकिने भएको हो । 

कम्पनीले हकप्रद निष्कासनका लागि पुस २५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले पुस २५ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । 

 माघ २७ गतेसम्म उक्त हकप्रद शेयरमा आवेदकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया