काठमाडौं - कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार उक्त अवधिसम्ममा बैंकको खुद नाफा घटेको छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ९५ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.७७ प्रतिशत कम हो । खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेको र गैर सञ्चालन आम्दानी घटेका कारण बैंकको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.०३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १८.१५ प्रतिशत बढेको छ । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २१.३५ प्रतिशत घटेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४ करोड १६ लाख रुपैयाँ रिभर्स भएको बैंकको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
उक्त अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १३ करोड ८३ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ । उक्त अवधिमा बैंकको निक्षेप ९.५९ प्रतिशत र कर्जा १३.१० प्रतिशत बढेको छ।
प्रतिक्रिया