काठमाडौं, सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.८७ प्रतिशत बढी हो। गत आवको सोहाी अवधीसम्म बैंकले १६ करोड ४८ मुनाफा कमाएको थियो ।
यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.८१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १६.१८ प्रतिशत र सञ्चालन मुनाफा ६८.१६ प्रतिशत बढेको छ र समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा २.४३ प्रतिशतबाट घटेर १.१५ प्रतिशतमा झरेसँगै इम्पेरमेन्ट चार्ज ७४.७८ प्रतिशत घटेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १८ करोड ४ लाख रुपैयाँ रहेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिशेयर आम्दानी आम्दानी १२ रुपैयाँ ४ पैसाबाट बढेर १७ रुपैयाँ ३९ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा रहेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ४.४१ प्रतिशत घटेको छ। सो अवधिमा बैंकको निक्षेप ९.८८ प्रतिशत र कर्जा २२.४४ प्रतिशत बढेको छ।
प्रतिक्रिया