निफ्राको नाफा २५ प्रतिशतले बढेपनि प्रतिशेयर आम्दानी घट्यो,  वितरण योग्य मुनाफा कति ?

४ बर्ष अगाडि

काठमाडौं, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको  वित्तीय विवरण सार्वजनिक गरेको छ। 

विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ४४ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.६६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४४.६१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १२.५६ प्रतिशत र सञ्चालन मुनाफा २५.५७ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३४ करोड ८६ लाख रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५ रुपैयाँ ८७ पैसा प्रतिशेयर आम्दानी रहेको बैंकको  चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ४ रुपैयाँ ४३ पैसामा पुगेको छ। चुक्ता पुँजी १२ अर्बबाट बढेर २० अर्ब पुगेका छ । 

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको जगेडा कोष ७.५९ प्रतिशत बढेको छ भने निक्षेप तथा सापटी १३३.७५ प्रतिशत र कर्जा ६५.२१ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ८८.७६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा रहेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया