भारतीय शेयर बजारमा भारी गिरावट, लगानीकर्तालाई साढे २ करोड घाटा

४ बर्ष अगाडि

काठमाडौं, साताको तेश्रो कारोबार दिन भारतीय शेयर बजारमा भारी गिरावट आएको छ । बुधबार बम्बई स्टक एक्सचेन्ज सेन्सेक्स ७८३ अंकले घटेर ६०,००० विन्दुभन्दा तल झरेको छ । दिउँसो १ बजेसम्म सेन्सेक्स ५९ हजार ९७१ विन्दुसम्म घटेको थियो । 

यसैगरी एनएसईको निफ्टी पनि २२५ अंकसम्म घटेर १८,००० विन्दुभन्दा तल्लो स्तरमा र्ओलेको थियो । 

भारतीय बजार सबैभन्दा धेरै टेक कम्पनीहरुको शेयरमा गिरावट देखिएको छ । इंफोसिस र विप्रोको शेयर २ प्रतिशतले घटेको छ । यस्तै बजाज फाइनान्सको शेयर ३ प्रतिशतले गिरावट भएको छ । बुधबार दिउँसोसम्ममा भारतीय शेयर बजारका लगानीकर्ताहरुलाई दुई करोड ५० लाख रुपैयाँसम्मको घाटा बेहोर्नुपरेको छ ।

मंगलबार पनि भारतीय शेयर बजार घटेर बन्द भएको थियो । सो दिन सेन्सेक्स ५५४ अंकले गिरावट भएर ६० हजार ७५५ विन्दुमा झर्यो भने निफ्टी १९५ अंकले गिरावट भएर १८ हजार ११३ विन्दुमा कारोबार बन्द भयो ।

४ बर्ष अगाडि

प्रतिक्रिया