बुधबार शेयर बजारमा ३८.३५ गिरावटसंगै कारोबार रकम पनि घट्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा भारी गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ । नेप्से १.३१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १.४३ अंकले बढेर ५३९.६५ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २२८ वटा कम्पनीको एक करोड १८ लाख ३७ हजार २ सय १५ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब २ करोड १३ लाख ११ हजार ८ सय ८१ रूपैयाँ ३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर घटेको छ । 

बुधबार पनि अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २० करोड ३२ लाख २१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

यस्तै, बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको शेरमूल्य ९.९७ प्रतिशतले बढेर २ सय ८७ रूपैयाँ ८० पैसा पुगेको छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया