काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा अपि पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको सार्वधिक कित्ता शेयर खरिद माग भएको छ ।
आज कारोबार सुरु भएको करिब अन्तिम समय (२ः५८ बजे) सम्म अपि पावरको ३ लाख ६५ हजार ७५८ कित्ता शेयर खरिदमाग भएको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको ३ लाख ४० हजार १८७ कित्ता शेयर खरिद माग भएको छ ।
यस्तै, सो अवधीसम्म बुद्धभूमि नेपाल हाइड्रोपावरको ९.९७ प्रतिशतले बढेर २८७.८० पुगेको छ भने अपि पावरको शेयरमूल्य १.८१ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.५४४ पुगेको छ ।
प्रतिक्रिया