काठमाडौं, अहिलेसम्म नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयरमा कुल मागको झन्डै २२ प्रतिशतमात्रै खरिद आवेदन परेको छ।
बैंकले गत पुस ७ गतेबाट १ः१ अनुपातमा हकप्रद निष्कासन गरेको हो। जसअनुसार बैंकले १०० अंकित दरका कुल १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद जारी गरेको छ।
सीडीएससीका अनुसार माघ ५ गते बिहान ११ बजेसम्म यो हकप्रदमा २ हजार २२१ शेयरधनीले २ लाख ८६ हजार १९५ कित्ता खरिदका लागि आवेदन दिएका छन्। जुन कुल मागको २१.८० प्रतिशतमात्र हो।
यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सि–आस्बामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सकिनेछ। सीडीएससीको मेरो सेयरबाट आवेदन दिन मिल्छ।
नारायणी डेभलपमेन्ट बैंकलाई नेपाल धितोपत्र बोर्डले गत मंसिर ३ गते हकप्रद निष्कासनको अनुमति दिएको थियो।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अब यो बैंकको हकप्रदमा आउँदो माघ १२ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ।
प्रतिक्रिया