प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेका ७ कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा रहेको विभिन्न ७ कम्पनीहरुको संस्थापक शेयर बिक्रीमा आएको छ । कम्पनीले प्रभु बैंक लिमिटेड, प्राइम कमर्शियल बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, आइसिएफसि फाइनान्स, नेपाल ग्रामिण विकास लघु्वित्त, नेशनल लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको जम्ममा ५ लाख २९ हजार ६७५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

प्रभु बैंक लिमिटेडको ४६ हजार कित्ता, प्राइम कमर्शियल बैंक लिमिटेडको ६० हजार ६७५ कित्ता, कुमारी बैंक लिमिटेडको २ लाख कित्ता, आइसिएफसि फाइनान्सको ५० हजार कित्ता, नेपाल ग्रामिण विकास लघु्वित्तको २३ हजार कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख कित्ता र नेपाल इन्स्योरेन्सको ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ ।

प्रभु बैंकले न्यूनतम १७५ रुपैयाँ, प्राइम कमर्शियल बैंकको न्यूनतम मूल्य १९० रुपैयाँ, कुमार बैंकको न्यूनतम मूल्य १७५ रुपैयाँ, आइसिएफसि फाइनान्सको न्यूनतम मूल्य २५० रुपैयाँ, नेपाल ग्रामिण विकास लघुवित्तको न्यूनतम मूल्य ४ सय रुपैयाँ, नेशनल लाईफ इन्स्योरेन्सको न्यूनतम मूल्य ३९४ रुपैयाँ र नेपाल इन्स्योरेन्स कम्पनीको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सक्नेछन् ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरु वा अन्य ब्यक्ति तथा संघ संस्थाले माघ ११ गते भित्र आवश्यक कागजात संकलन गरी एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंमा न्यूनतम २ हजार देखि अधिकतम सम्पूर्ण कित्ता माग गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेशअ गर्ने सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया