प्रि ओपन सेसन : करिब ९ अंक बढ्यो नेप्से परिसूचक, ३ हजार ८०२ कित्ता शेयर खरिदबिक्री

४ बर्ष अगाडि

काठमाडौं - आज बुधबार कारोबारको चौंथो दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ९ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन मंगलबार १०.७८ अंक घटेर २९३६.६६ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ८.९६ अंक बढेर २९४५.६३ विन्दुमा पुगेको छ । आज उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स १.२६ अंक बढेको छ ।

आज प्रि ओपन सेसनमा २३ कम्पनीको २३ लाख ५४ हजार ४८५ रुपैयाँ २० पैसा बराबरको ३ हजार ८०२ कित्ता शेयर खरिदबिक्री भएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया