काठमाडौं - फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ४४ लाख ३२ हजार ६७० रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले बुधबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा कमाएको उल्लेख छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ७ करोड ५६ लाख १६ हजार ५९३ रुपैयाँ नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको नाफा ३८.१० प्रतिशतले बढेको हो ।
चुक्ता पूँजी ९६ करोड ४४ लाख ९२ हजार ४०० रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २१.६६ रुपैयाँ रहेको छ । अघिल्लो आवको तुलनामा इपिएस ४.४१ रुपैयाँले बढेको हो । यस्तै जगेडा कोषको आकार २ लाख घटेर १५ करोड २४ लाख २४ हजार रुपैयाँ कायम हुँदा प्रतिसेयर नेटवर्थ १२७.३७ रुपैयाँ रहेको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीनीले ९ अर्ब ९३ करोड ८८ लाख ११ हजार रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुसँग सापटी लिई ९ अर्ब ८५ करोड २८ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको यसै अवधिमा ८ अर्ब ६१ करोड रुपैयाँ सापटी लिई ८ अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी १८ करोड २३ लाख१८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा १२ करोड १५ लाख १३ हजार रुपैयाँ कमाएकोमा ५० प्रतिशतले बढेको हो । यस अवधिमा कम्पनीको सञ्चालन मुनाफा १० करोड २५ लाख रुपैयाँबाट बढेर १४ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्त संस्थाको खराब कर्जा अनुपात शुन्य रहँदा मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४३.४० गुणा रहेको छ । लघुव्त्तिको कस्ट अफ फण्ड ८.५९ प्रतिशत र आधार दर १०.३८ तथा स्प्रेडदर ३.२९ प्रतिशत छ ।
प्रतिक्रिया