काठमाडौं - चालु आर्थिक वर्षको मंसीर मसान्तसम्ममा १ लाख ३६ हजार ७ सय १३ जनाले सहुलियतपूर्ण कर्जा लिएका छन् । केन्द्रीय बेंकको तथ्यांक अनुसार मंसीरसम्ममा २ खर्ब ४१ अर्ब ८३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ ।
केन्द्रीय बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी सबैमा गरेर कुल १ लाख ३६ हजार ७ सय १३ जनाले सहुलियतपूर्ण कर्जाको उपयोग गरेका छन् ।
यस अवधिमा कुल २ खर्ब ४१ अर्ब ८३ करोड १४ लाख ७४ हजार रुपैयाँ कर्जा स्वीकृत भएको छ । स्वीकृत भएको कर्जामा अझै २ खर्ब ११ अर्ब ८ करोड १२ लाख १ हजार रुपैयाँको कर्जा भुक्तानी हुन बाँकी छ । सहुलियतपूर्ण कर्जाको लागि मात्र राष्ट्र बैंकले हालसम्म ११ अर्ब १५ करोड ८० लाख ब्याज अनुदान प्रदान गरिसकेको छ ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैकहरुबाट १ लाख १५ हजार ७ सय ४४ जनाले कर्जा लिएका छन् । जसमा २ खर्ब १० अर्ब १६ करोड ४ लाख ५ हजार स्वीकृत भएकोमा १ खर्ब ८२ अर्ब ४२ करोड ८३ लाख ९४ हजार कर्जा भुक्तानी गर्न बाँकी रहेको छ ।
प्रतिक्रिया