एफपीओ निष्कासनका लागि तीन लघुवित्त सेबोनको पाइपलाइनमा, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - एफपीओ निष्कासन गर्नका लागि विभिन्न ३ वटा लघुवित्तहरु नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका छन् । किसान लघुवित्त वित्तीय संस्था लिमिटेड, मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड एफपीओ निष्कासन गर्ने अनुमतिका लागि सेबोनको पाइपलाइनमा रहेका छन् ।  

१. किसान लघुवित्त वित्तिय संस्था लिमिटेड
संस्थाले १२ लाख ८९ हजार २५९ कित्ता एफपीओ जारी गर्ने अनुमति माग्दै असार २९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । संस्थाले १२५ रुपैयाँको दरले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको एफपीओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

२. मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड
संस्थाले एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा कार्तिक २३ गते निवेदन पेश गरेको हो । संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७७ रूपैयाँ ८ पैसा प्रिमियम थपेर प्रतिकित्ता एक सय ७७ रूपैयाँ ८ पैसामा ९१ लाख २३ हजार ९ सय ८४ रूपैयाँ बराबरको ५१ हजार ३ सय १६ कित्ता एफपीओ निष्कासन गर्नका लागि अनुमति माग गरेको हो । संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

३. नयाँ सारथी लघुवित्त वित्तिय संस्था लिमिटेड
संस्थाले ३ लाख २९ हजार ६४९ कित्ता एफपिओ जारी गर्ने अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते निवेदन दिएको हो । संस्थाले ११६ रुपैयाँको दरले  ३ करोड ८२ लाख रुपैयाँ बढीको एफपिओ जारी गर्ने अनुमति मागेको हो । संस्थाले एफपीओ निष्कासन प्रयोजनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया