श्रोत नखुलेको ३ लाख ८८ हजारसहित १९ वर्षीय युवक पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - श्रोत नखुलेको रकमसहित एक भारतीय नागरिकलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ । प्रहरी चौकी बंकुलले एक भारतीय नागरिकलाई श्रोत नखुलेको रकमसहित बंकुलबाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत  मोतिहारी घोडासहनका १९ वर्षीय यसराज जयसवाल रहेका छन् । 

रौतहटको बौधीमाई न.पा.–७ स्थित प्रहरी चौकीबंकुलका प्रहरी सहायक निरीक्षक मनोज सिंहको कमाण्डमा खटिएको गस्ती टोलीले बि आर ०५ ए एन ६०८२ नम्बरको मोटरसाइकलाई शंका चेकजाँच गर्दा श्रोत नखुलेको नेपाली रकम ३ लाख ८८ हजार ६०० रुपैयाँ फेला पारेको हो । 
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया