महालक्ष्मी विकास बैंकद्वारा विपन्न परिवारका ६३ जना छात्रछात्राहरुलाई न्यानो कपडा बितरण

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंकको पालुङ शाखाले थाहा-७ डाँडाबासस्थित सुन्दरी देवी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ६३ जना छात्रछात्राहरुलाई ज्याकेट वितरण गरेको छ । विद्यालयको प्राङ्गरणमा आयोजित एक विशेष कार्यक्रमकाबिच पालुङ शाखाका शाखा प्रबन्धक संगिता बज्राचार्यले बिपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी हुन् । 

जाडो बढेसँगै स्कुल आउन समस्या भोगिरहेका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरिनुले दैनिक पठनपाठनमा र विद्यालय संचालनमा सहयोग पुर्याएको बताउँदै विद्यालय प्रधानाध्यापक प्रताप सिह गोलेले बैंकले गरेको सहयोग प्रति कृतज्ञता प्रकट गर्नुका साथै यस किसमको सहयोगले बालबालिकाहरु उत्साहित भएको बताइन् । 

आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ । यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख गाहकहरु रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया