वाणिज्य बैंकहरुले पाँच महिनामा २८ अर्ब बढि नाफा कमाए, सबै भन्दा धेरै एनआईसी एशियाको

४ बर्ष अगाडि

काठमाडौं - चालु आर्थिक वर्षको पाँच महिना (मंसिर) सम्ममा वाणिज्य बैंकहरुले २८ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा २७ वटा वाणिज्य बैंकहरुले २८ अर्ब २० करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् । यस अवधिमा सबै भन्दा धेरै नाफा कमाउने एनआईसी एशिया बैंक पहिलो स्थानमा रहेको छ । बैंकले मंसिरसम्ममा २ अर्ब ४० लाख रुपैयाँ नाफा आर्जन गरको हो ।

यस्तै ग्लोबल आइएमई बैंकले १ अर्ब ९६ करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ८९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ८८ करोड रूपैयाँ, प्राइम बैंकले १ अर्ब ५० करोड रूपैयाँ, प्रभु बैंकले १ अर्ब ३७ करोड रूपैयाँ, एनएमबी बैंकले १ अर्ब ३६ करोड रूपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै  सिद्धार्थ बैंकले १ अर्ब ३३ करोड रूपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ३३ करोड रुपैयाँ, मेगा बैंकले १ अर्ब २६ करोड रूपैयाँ र नेपाल बैंकले १ अर्ब ३ करोड नाफा आर्जन गरेका छन् ।  

सबै भन्दा कम नाफा कमाउनेमा भने सेञ्चुरी कर्मशियल बैंक रहेको छ । सेञ्चुरीले यस अवधिमा ४० करोड २५ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया