काठमाडौं - प्रिमियर इन्स्योरेन्सले साधारण सभा प्रयोजनका लागि आज बुकक्लोज गर्दै छ । त्यसैले हिजोसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्ने थता इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।
सोही लाभांश प्रस्ताव पारित गर्न इन्स्योरेन्सले माघ २१ गते प्रिमियर भवन, नक्साल, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे भिडियो कन्फ्रेन्स मार्फत सञ्चालन हुनेछ ।
प्रतिक्रिया