काठमाडौं-आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ लघुवित्तको शेयर सूचिकृत भएर कारोबार समेत फुकुवा भएको छ ।
विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सूचिकृत हुनुका साथै कारोबार समेत फुकुवा भएको छ ।
स्टकका अनुसार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले देउराली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.८४ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा २ लाख १ हजार ६ सय कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
यस्त्र, साविकको नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेड र विन लघुवित्त वित्तीय संस्था लिमिटेड १ः०.७५ को अनुपातमा एक आपसमा मर्जर गर्दा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ७ लाख २४ हजार ४ सय ६३ कित्ता शेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
यसका साथै, आजबाट मर्जर प्रयोजनका लागि रोक्का भएको दुवै संस्थाको कारोबार समेत फुकुवा गरिएको छ ।
प्रतिक्रिया