शेयर बजारमा करेक्सन, १०.७८ को गिरावट हुदाँ करिब साढे ८ अर्बको कारोबार

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा करेक्सन देखिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.७८ अंकले घटेर २९३६.६६ विन्दुमा झरेको छ । नेप्से ०.३७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने १.१० अंकले बढेर ५४७.४६ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका कूल २२४ वटा कम्पनीको एक करोड ६० लाख ४ हजार ५ सय ३० कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५ सय ६१ रूपैयाँ ८६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ४ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ९ वटा उपसमूहको शेयर घटेको छ । 

मंगलबार अपि पावर कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ११ लाख ३९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

मंगलबार सामलिङ्ग पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । कम्पनीको शेयरमूल्य ९.४९ प्रतिशतले बढेर ६ सय ४९ रूपैयाँ ३० पैसा पुगेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया