आरएमडीसी लघुवित्तको २५ प्रतिशत लाभांश पारित,चुक्ता पुँजी १ अर्ब २४ करोड पुग्यो

४ बर्ष अगाडि

काठमाडौ, आरएमडीसी लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

संस्थाको २३औं वार्षिक साधारण सभाले सञ्चालक समितिद्वारा शेयरधनीहरुको लागि प्रस्तावित २० प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालन मुनाफा ३१ करोड १० लाख आर्जन गरेको जनाएको छ ।

यस वित्तीय संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्व ३ करोड ४२ लाख रहेको छ । २० प्रतिशत बोनस शेयर दिने प्रस्ताव स्वीकृत पश्चात संस्थाको जारी तथा चुक्ता पुँजी १ अर्ब २४ करोड १० लाख पुग्ने बताइएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया