काठमाडौं-सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले तलब भत्ता बापत १ करोड ८४ लाख १५ हजार रुपैयाँ बुझेका छन् ।
बैकले उनलाई गत आर्थिक वर्ष २०७७/७८ मा १ करोड ८४ लाख १५ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
यसमा तलब भत्ता र अन्य सुविधाहरु समेत रहेको छ । यो बैंंकले वितरण गर्ने बोनस बाहेकको रकम हो । बैंकले सञ्चालक समितिका अध्यक्षलाई प्रति बैठक १३ हजार र सञ्चालकलाई प्रति बैठक १२ हजार भत्ता दिने गर्दछ भने मासिक रुपमा पत्रपत्रिका, टेलिफोन, इन्टरनेट खर्च स्वरुप मासिक १२ हजार उपलब्ध गराउँछ ।
प्रतिक्रिया