काठमाडौं, नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा बिहीबार (माघ ६ गते) हुदैछ । साधारण सभा क्रिक रिसोर्ट, धादिङबेसी धादिङमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसन गर्नु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिइने प्रस्ताव पनि छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २७ गतेदेखि माघ ६ गतेसम्म बुक क्लोज गरेको छ । पुस २६ गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश पाउनेछन् ।
प्रतिक्रिया