हिजो बोलाइको जोशी हाइड्रोपावरको साधारण सभा स्थगित, अब कहिले ?

४ बर्ष अगाडि

काठमाडौं, जोशी हाइड्रोपावर कम्पनीले माघ ३ गते (हिजो) का लागि बोलाएको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको सभाका लागि गणपूरक संख्या नपुगेपछि स्थगित गरिएको हो । 

कोभिड जोखिमका बीच स्थगित यो सभा पुनः आव्हानका लागि सभा हुने मिति, स्थान र समयसहित पुनः सूचना जारी गर्ने जानकारी कम्पनीले दिएको छ । 

कम्पनीले सभाका लागि विगत तीन आर्थिक वर्ष २०७५/ ७६, २०७६/७७ र आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव तय गरेको थियो । 

कम्पनीले यसअघिको साधारण सभा प्रयोजनको लागि पुस २१ गते एक दिन बुक क्लोज गरेको छ । 

यस आधारमा सोही बुक क्लोजको मिति कायम भएमा पुस २० गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया