स्पेशल प्रि ओपन सेसनमा बुद्धभूमि नेपाल हाइड्रोपावरको भयो पहिलो कारोबार, कतिमा ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) स्पेशल प्रि ओपन सेसनमा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको पहिलो कारोबार भएको छ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको थियो। यस अनुसार यस दिन सो कम्पनीको शेयर प्रतिकित्ता २४६ रुपैयाँ ७० पैसामा पहिलो शेयर कारोबार भएको हो।

कम्पनीको शेयर नेप्सेमा आइतबार सूचीकृत भएको थियो। जसअनुसार माघ ३ गते स्पेशल प्रि ओपन सेसनमा कारोबार हुनु पर्ने थियो। तर, सो दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार हुन सकेन। त्यसैले यस दिन कम्पनीको पहिलो कारोबार भएको हो।

कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता,आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

कम्पनीको शेयरलाई नेप्सेले बीएनएचसी कारोबार संकेत प्रदान गरेको थियो। उक्त कारोबार संकेतमा कम्पनीको शेयर कारोबार भएको हो।

४ बर्ष अगाडि

प्रतिक्रिया