काठमाडौं, एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘एनएमबि सरल बचत फन्ड–इ’ का इकाइहरु अब अनलाइन प्रणालीमार्फत खरिदबिक्री गर्न सकिने भएको छ।
आज माघ ४ गतेबाट यो खुलामुखी योजनाका इकाइहरु अनलाइन प्रणालीबाट खरिदबिक्री गर्न सकिनेछ। शुक्रबार, शनिबार र सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो फन्डका इकाइहरु कारोबार गर्न सकिने एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ।
यसअघि एनएमबि क्यापिटलको काठमाण्डौको नागपोखरीस्थित कार्यालयबाट मात्र यस योजनाका इकाइहरु खरिदबिक्री गर्न मिल्थ्यो। अब भने देश तथा विदेशमा रहेकाहरु लगानीकर्ताले अनलाइन प्रणाली इकाइहरु खरिदबिक्री गर्न सक्ने क्यापिटलले जनाएको छ।
अनलाइन प्रणालीमार्फत खरिद–बिक्री गर्नका लागि योजना व्यवस्थापकको वेबसाइट www.nmbcl.com.np मा रहेको NMB Saral Bachat Log-in मा गई अथवा क्यूआर कोडमार्फत https://mutualfund.nmbcl.com.np:8445 मा गई आफूले चाहेको सेवा प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ।
यस योजनाको विवरणपत्र एनएमबि क्यापिटलको वेबसाइटमा हेर्न सकिनेछ।
यो योजनाको कोष प्रवर्द्धकमा एनएमबि बैंक लिमिटेड रहेको छ।
प्रतिक्रिया