बरुण हाइड्रोपावरले साधारणसभा पुनःडाक्यो, कहिले र कहाँ ?

४ बर्ष अगाडि

काठमाडौं, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले स्थगित भएको आफ्नो १८ औँ वार्षिक साधारणसभा पुनः डाकेको छ। 

कम्पनी सञ्चालक समितिले वार्षिक साधारणसभा अब यही माघ १२ गते  हुनेछ । सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको रिजस्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि भर्चुअल माध्यमबाट गर्नेछ। 

यसअघि कम्पनीले गत पुस २९ गते वार्षिक साधारणसभा डोकेको थियो। तर गणपूरक संख्या नपुगेपछि सभा स्थगित गरिएको थियो।

सभाले गत असार २० गते सम्पन्न विशेष साधारणसभाबाट पारित भएको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावलाई निरन्तरता दिने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु अनुमोदन गर्नेछ।

सभा प्रयोजनका लागि कम्पनीले गत पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरिसकेको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया