काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
शाखा कार्यालय बेलबारीले आफ्नो शाखा कार्यालयमा आबद्ध सेवाग्राही सदस्यहरु स्व. चन्द्रकला राई र सानी धिमालको बीमा दाबी रकम निजको परिवारलाई हस्तान्तरण गरेको छ।
संस्थाले बीमा दाबी रकमअन्तर्गत सेवाग्राही सदस्यहरु चन्द्रकलाका पति गंगाबहादुर लिम्बू र सानीका पति बनबहादुर धिमाललाई जनही रु. १० लाख ५० हजार र रु. १२ लाख ७५ हजार चेक रकम हस्तान्तरण गरेको हो।
प्रतिक्रिया