पुस महिनामा मात्रै फोनपेबाट ५१ अर्ब बढीको कारोबार,कारोबार संख्या कति ?

४ बर्ष अगाडि

काठमाडौै- भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस मसान्त महिनामा मात्र ५१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।

पुस महिनाभर फोनपे नेटवर्कबाट कुल ४४ लाख कारोबार संख्याबाट ५१ अर्ब रुपैयाँ बढीको कारोबार भएको हो। फोनपेको नेटवर्क प्रयोग गरी प्रयोगकर्ताहरुले क्यूआर कोड भुक्तानी, अन्तरबैंक पैसा ट्रान्सफर, विभिन्न किसिमका अनलाइन मर्चेन्ट भुक्तानीलगायतका कार्यबाट यो रकम कारोबार भएको हो। 

फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु. १० मै सहज रुपमा रकम पठाउन सकिन्छ। यसका साथै मर्चेन्टले निःशुल्क क्यूआर प्राप्त गर्न सक्छन् भने ग्राहकले भुक्तानी गर्दा पनि कुनै शुल्क लाग्दैन। 

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एपमा रहेको सेन्ड मनी अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ।

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपेमा इसेवा, आइएमई पे र सेल पेजस्ता  भुक्तानी सेवा प्रदायक आबद्ध छन्। 

एक करोड ४० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ६० लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एपमार्फत यसले सेवा प्रदान गर्दै आएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया