फरवार्ड माइक्रोफाइनान्सको ४२ प्रतिशत लाभांश पारित

४ बर्ष अगाडि

काठमाडौं-फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभाबाट ४२ प्रतिशत लाभांश पारित भएको छ ।

लघुवित्त कम्पनीको पुस ३० गते सम्पन्न ९ औँ वार्षिक साधारण सभाले चुक्ता पूँजी ६२ करोड ५५ लाख १९ हजारको आधारमा ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गतेदेखि सभा हुने दिनसम्म बुकक्लोज गरेकाले पुस १५ गते सार्वजनिक विदाका कारण सेयर बजार बन्द भएकाले पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त लाभांश पाउनेछन् ।

सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया