स्रोत नखुलेको ३० लाख सहित एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं,नेपाल प्रहरीले स्रोत नखुलेको ३० लाख रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

महोत्तरी जिल्लोको मटिहानी नगरपालिका–८ बाट नखुलेको सो बराबरको नगद सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही नगरपालिका–३ बर्दा बस्ने २३ वर्षीय सहाउदिन राईन रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउदै गरेको ज.६ प ६९४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा १ हजार दरको ३० बण्डलमा रहेको उक्त रकम फेला परेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया