एकैदिनमा बैंकहरुको निक्षेप ४९ अर्बले बढ्यो, कर्जा लगानीको अवस्था कस्तो ?

४ बर्ष अगाडि

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप एकैदिन ४९ अर्ब रुपैयाँले बढेको छ।

पुस ३० गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ४९ अर्ब रुपैयाँले बढेको हो। योसँगै कुल निक्षेप ४९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २९ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । 

यसैगरी, वाणिज्य बैंकहरुको निक्षेप पनि एकैदिन ३८ अर्ब रुपैयाँले बढेको छ। गत पुस २९ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ८६ अर्ब रुपैयाँमा बढेर पुस ३० गते ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको हो। 

बैंक तथा वित्तीय संस्थाहरुले सोही अवधीमा २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। योसँगै बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४६ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ। गत पुस २९ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ।

वाणिज्य बैंकहरुले पुस ३० गते एकैदिन २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। गत पुस २९ गतेसम्म वाणिज्य बैंकहरुको कुल ४१ खर्ब २१ अर्ब रुपैयाँ रहेकोमा पुस ३० गतेसम्म बढेर ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ।

पुस ३० गतेसम्म बैंकहरुको औसत सीडी रेसियो घटेर ८९.६४ प्रतिशतमा झरेको छ। गत पुस २० गतेसम्म औसत सीडी रेसियो ९०.०२ प्रतिशत रहेको थियो।
 

४ बर्ष अगाडि

प्रतिक्रिया