काठमाडौं, साताको दोस्रो कारोबार दिन (सोमबार) पनि शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ । नेप्से ०.७१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ३.७० अंकले बढेर ५४६.३३ विन्दुमा पुगेको छ ।
कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका कूल २२४ वटा कम्पनीको एक करोड ४४ लाख ७४ हजार ७ सय १३ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६ सय ६८ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको शेयर घटेको छ ।
सोमबार पनि अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ५८ रूपैयाँ ८० पैसा पुगेको छ ।
प्रतिक्रिया