मेगा बैंकको १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

मेगा बैंक नेपाल लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकृत भएको हो ।

स्टकका अनुसार मेगा बैंकको चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने १ करोड ४६ लाख ५४ हजार ९६४.९५७ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सोमबार सूचीकृत भएको बोनस सम्बन्धित सेयरधनीको डिम्याट खातामा आएपछि उनीहरुले दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

बैंकको मंसिर २८ गते सम्पन्न ११ औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित २।०७ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो । बैंकको बुकक्लोज अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र बैंकको उक्त बोनस सेयर पाउनेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया