नेप्सेमा एक्सेल डेभलपमेन्ट बैंकको २४ लाख ३३ हजार बढि कित्ता हकप्रद सेयर सूचिकृत

४ बर्ष अगाडि

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा आज ९सोमबार० एक कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ३० प्रतिशत हकप्रद बापतको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गतेबाट कार्तिक २९ गतेसम्म चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । 

उक्त हकप्रद बैंकले मंसिर १६ गते, बिहीबार बाँडफाँड गरेको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया