नेपाल लाइफद्धारा २१ लाख ४६ हजार मृत्यु बीमा दाबी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । 

कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन (हाल पोखरा) निवासी कृष्ण बहादुर गुरुङको श्रीमती पवित्रा गुरुङलाई २१ लाख ४६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

कम्पनीले माघ २ गते एक कार्यक्रमकाबिच पोखरा शाखा कार्यालयमा बीमितकी श्रीमति पवित्रा गुरुङलाइलाई सो दाबी भुक्तानी गरेको हो । मृतक गुरुङले प्रतिवर्ष ८५ हजार १७९ रुपैयाँ बीमाशुल्क बुझाउने गरी १० लाखको जीबन सहारा जीवन बीमा गराएका थिए ।

अभिकर्ता, ब्यबसाय संयोजक, एजेन्सी मेनेजर तथा कर्मचारीहरु सम्मिलित उक्त कार्यक्रममा निमित्त शाखा प्रमुख बिष्णु बहादुर अधिकारीले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानीलाइ उच्च प्राथमिकतामा राखेको बताउदै दुर्घटना बीमाका दावीहरु पेश भएको तीन दिन भित्र तथा प्रस्ताव फाराममा भरिएको विवरण झुटा नठहरिएका बीमालेखको दावीहरु समेत भुक्तानीमा कुनै ढिलाई नहुने बताए ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया