किसान लघुवित्तले ९ करोड ८२ लाख २ हजार बोनस शेयर वितरण गर्ने, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशत बोनस शेयरको घोषणा गरेको छ । कम्पनीको माघ २ गते बसेको संचालक समितिको बैठकले उक्त बोनस शेयर घोषणा गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशतले हुन आउने ९ करोड ८२ लाख २ हजार १९४ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकद्धारा स्वीकृति पश्चात कम्पनीको आगामि साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया