काठमाडौं-नेको इन्स्योरेन्सले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्ताविल लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
प्रतिक्रिया