२० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, परिपक्क कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - नेपाल राष्ट्र बैंकले २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि २० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७९ साल वैशाख ६ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज दिउँसो २ बजे बोलकबोल भएर भोलि बिक्री हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया