जोशी हाइड्रोपावर कम्पनीको साधारण सभा आज, शेयरधनीको हात खाली

४ बर्ष अगाडि

काठमाडौं - जोशी हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाचौँ, छैठौँ र सातौँ वार्षिक साधारण सभा ल्याण्डमार्क हल, दरबारमार्ग, काठमाडौँमा आज बिहान ११:३० बजेदेखि सुरू हुनेछ ।

कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । त्यसैले, कम्पनीको शेयरधनीको हात खाली हुनेछ । सभामा आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/०७६, २०७६/०७७ र आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदनसहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्ने छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरूको मनोनयन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया