काठमाडौं - हाल सम्म नेपालमा २ हजार २६९ वटा जीवन बिमाका शाखा कार्यालयहरू विस्तार भएका छन् । बीमा समितिको तथ्यांक अनुसार त्यसमध्ये २६.१३ प्रतिशत अर्थात ५९३ वटा कार्यालयहरू बाग्मती प्रदेशमै रहेका छन् ।
कम्पनीहरूको कुल शाखा कार्यालयको २६.१३ प्रतिशत कार्यालयहरू बागमती प्रदेशमै रहेका छन् । यस्तै प्रदेश १ मा ३७३ वटा, लुम्बिनी प्रदेशमा ३५३ वटा, प्रदेश २ मा ३१८ वटा, सुदूरपश्चिम प्रदेशमा २५६ वटा, गण्डकी प्रदेशमा २२८ वटा शाखा कार्यालयहरू रहेका छन् ।
सबै भन्दा कम शाखा कार्यालयहरू भने कर्णाली प्रदेशमा रहेका छन् । कर्णाली प्रदेशमा १४८ वटा शाखा कार्यालयहरू मात्रै रहेका छन् । बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरूका ६ हजार १६० जना कर्मचारीहरू रहेका छन् ।
प्रतिक्रिया