बैंक अफ काठमाण्डूद्धारा एनआरएन निक्षेप खाता सार्वजनिक, ५.५ प्रतिशत ब्याजदर पाउने

४ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डूले विश्वभरि रहेका गैरआवासीय नेपाली९एनआरएनए०हरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।

विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहनुभएका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।

गैरआवासीय नेपालीहरुले यस बैंकमा युएसडी, इयुआर, जीबीपी, एयुडी, सीएडी तथा जेपीवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन् । बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम् ५.५ प्रतिशत सम्मको वार्षिक ब्याजदर पाउनेछन् ।

गैरआवसीय नेपालीहरुले यस निक्षेप खाता खोलेकालाई बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिनसक्ने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले गैरआवासीय नेपालीहरुले आम्मादानी गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया