बैंकिङ प्रणालीमा ३२ अर्ब रपैयाँ तरलता, साढे ३५ अर्बको सापट

४ बर्ष अगाडि

काठमाडौं - बैंकिङ प्रणालीमा ३२ अर्ब रपैयाँ तरलता हुँदा पनि बैंक वित्तीय संस्थाले साढे ३५ अर्ब रुपैयाँ बरावरको स्थायी तरलता सुविधा सापट लिएका छन् । बैंक तथा वित्तीय अनिवार्य नगद अनुपात कायम गर्न उक्त रकम राष्ट्र बैंकबाट सापट लिएका हुन ।

नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबार वित्तीय प्रणालीको तरलता ३२ अर्ब रहेको थियो । वित्तीय प्रणालमिा ३२ अर्ब तरलता हुनुलाई समान्य अवस्थाको रुपमा बुझिन्छ । तर, वित्तीय प्रणालीमा ३२ अर्ब तरलता हुदाँ पनि बैंकहरुले २५ देखि ४० अर्ब सम्म स्गिायी तरलता सुविधा प्रयोग गर्नु भनेको अवस्था जटिलता तर्फ उन्मूख छ भन्ने नै देखिन्छ ।

पुस ३० गते ३९ अर्ब रुपैयाँ स्थायी तरलता सुविधा प्रयोग गरेका बैंक वित्तीय संस्थाले माघ २ गते आइतबार पनि ३५ अर्ब ४६ करोड रुपैयाँ चलाएका हुन् । आइतबार अन्तर बैंकको ब्याजदर समेत बढेर ५ प्रतिशतको हाराहारीमा आइपुगेको छ । अन्तर बैंक कारोबारका लागि पनि दिने भन्दा लिने धेरै भएपनि राष्ट्र बैंक मार्फत सापटी लिएका हुन ।

चालु आर्थिक वर्षको हालसम्ममा बैंक तथा वित्तीय संस्थाले कुल ३० खर्ब ५१ अर्ब ३५ करोड रुपैयाँ स्थायी तरलता सापटी लिएका छन । आइतबारसम्म बैंक तथा वित्तीय संस्थाको दायित्व ९० अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । शुक्रबार दायित्व ८९ अर्ब ४४ करोड ७८ लाख रुपैयाँ थियो । 

पुस महिनाको २६ गते ४६ अर्ब मात्र दायित्व रहेकोमा एक साता पनि नबित्दै ९० अर्बको हाराहारीमा पुगेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया