जीवन बीमा अभिकर्ताको संख्या साढे सात लाख

४ बर्ष अगाडि

काठमाडौं - जीवन बीमा अभिकर्ताको संख्या साढे सात लाख पुगेको छ । बीमा समितिको पछिल्लो तथ्यांक अनुसार जीवन बीमा अभिकर्ताहरुको संख्या ७ लाख ६८ हजार ४२६ जना पुगेका हुन् ।

त्यसमध्ये सवै भन्दा धेरै बागमति प्रदेशमा रहेका छन् । बागमति प्रदेशमा मात्रै कुल अभिकर्ताको ३०.३३ प्रतिशत अर्थात २ लाख २२ हजार १०२ जना अभिकर्ता रहेको बीमा समितिले जनाएको छ ।

यस्तै प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेश पनि अभिकर्ताहरुको संख्या एक लाख माथि रहेका छन् । लुम्बिनी प्रदेशमा एक लाख ३१ हजार ५७६ जना, प्रदेश १ मा एक लाख २२ हजार ९१६ जना र प्रदेश २ मा एक लाख एक हजार ८७९ जना अभिकर्ताहरु रहेका छन् ।

सबै भन्दा कम भने कर्णाली प्रदेशमा ३७ हजार ५०६ जना जीवन बीमा अभिकर्ताहरु रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ७२ हजार ८९७ जना र सुदुरपश्चिम प्रदेशमा ६८ हजार ५५१ ज्ना बीमा अभिकर्ताहरु रहेको बीमा समितिले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया