काठमाडौं- साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजारमा रौनकता कायमै छ । नेप्से परिसूचक सँगसँगै कारोबार रकममा पनि उच्च वृद्धि भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ६९ अंकले बढेर २९२६.७४ विन्दुमा पुगेको छ । नेप्से २.४१ प्रतिशतले बढेको हो । सेन्सेटिभ परिसूचक पनि ११.८१ अंकले बढेर ५४२.६३ विन्दुमा पुगेको छ ।
कारोबारमा आएका कूल २२९ वटा कम्पनीको एक करोड ८२ लाख ५४ हजार ४ सय २५ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रूपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको शेयर बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसमूह ५.६२ प्रतिशतले बढेको छ ।
आइतबार अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३२ करोड ४६ लाख ५९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।
आज स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको शेयरमूल्य१० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेको छ ।
प्रतिक्रिया