बुद्धभुमि नेपाल हाइड्रोपावरको ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

४ बर्ष अगाडि

काठमाडौं - बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे ३ महिना पछि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारणलाई वितरण गरेको ८ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रमा वासिन्दालाई निष्काशन गरेको ४ लाख र कम्पनीका संस्थापकहरुले लगानी गरेको २८ लाख कित्ता सहित ४० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।

पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ८४ रूपैयाँ ०५ पैसादेखि अधिकतम २५२ रुपैयाँ १५ पैसा ओपनिङ रेञ्ज प्रदान गरेको छ । उक्त ओपनिङ रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया